बुधबार, कार्तिक १९ गते २०८३
images
images

जागेश्वरीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा दुलाल

एक्सप्रेस पाना
माघ १, २०७९ आइतबार
  • 222
    SHARES
  • जागेश्वरीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा दुलाल

    जागेश्वरीटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिती मेलम्ची ११ को तेस्रो साधारणसभा तथा अधिबेशन आज सम्पन्न भएको छ ।अधिबेशनले पुन मनोरथ दुलालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा शुशिला दुलाल, सचिवमा दिपक दुलाल, सहसचिवमा अच्युतराज पाण्डे, कोषाध्यक्ष सानिमैंया पण्डित रहनुभएको छ । कार्यक्रम उद्घाटन गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सस्थाको आवश्यकता तथा माग पूरा गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

    images

    अध्यक्ष दुलालले ५० हजार लिटरको ट्यान्की लगायत अपुग रहेको बताउनुभयो ।समितिले टार र बजारका करिव १२५ घर तथा संस्था अस्पताल नगर र विद्यालयलाई खानेपानी सेवा दिदै आएको छ । कार्यक्रममा स्थानीय ज्ञानप्रसाद सापकोटा, इन्द्रेश्वरी माबिका प्रधानाध्यापक देवी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

     

    images