सोमबार, कार्तिक १७ गते २०८३
images
images

पालिकाका बासीलाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानमा पाँचपोखरी

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 308
    SHARES
  • पालिकाका बासीलाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानमा पाँचपोखरी

    मेलम्ची । पालिकाका बासीन्दालाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा चेक पोइन्ट स्थापना गरेको छ ।

    images

    गाउँपालिकाले २०७९असोज ५ देखी २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्र व्यापारीहरुले निर्यात गरी ल्याएको खाद्य सामाग्रीहरुको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति चेक जाँच गरी दैनिक रुपमा तथ्याङ्क राख्ने काम गरि रहेको कर्मचारी राजन भुजेलले बताउनुभयो । 

    गाउँपालिकाले बजार निरीक्षण सम्बन्धी कार्यविधि २०७९ गाउँकार्यपालिकाबाट पास गरी लागु गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । आफ्नो पालिका भित्र बसोबास गर्ने उपभोक्ताहरुले गुणस्तरीय खाद्यान्न सामाग्रीको उपयोग गर्न पाउन भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताउनुभयो । माथिल्लो भेग हरुमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानियले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानिय राम श्रेष्ठले खुशी व्यक्तः गर्नुभयो ।

    images

    मिति हेर्न समस्या रहेका गाँउका साना व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले मिति सकिन लागेका पठाउने गरेको पाइएपछि यो अभियान सुरु गरेको पालिकाले जनाएको छ ।अभियान अन्तर्गत अहिले सम्म सयौँ किलो मिति गुज्रेका तथा सकिन लागेका सामग्री नियन्त्रणमा लिईएको अध्यक्ष लामाले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची