शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला फिल्डिङ गर्ने

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 336
    SHARES
  • नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला फिल्डिङ गर्ने

    भदौ २२ काठमाडौं । नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।  त्यस्तै आजको खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरी टोलीमा छैनन् । नेपालले करण केसी, विनोद भण्डारी लगायतका खेलाडीलाई आराम दिएको छ ।

    images

    नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुने छ । नतिजाले वरीयता बाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।