बुधबार, कार्तिक १९ गते २०८३
images
images

ल्होछारको अवसरमा पाँचपोखरीमा तीन दिन सार्वजनिक बिदा

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 276
    SHARES
  • ल्होछारको अवसरमा पाँचपोखरीमा तीन दिन सार्वजनिक बिदा

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार सुचनाजारी गर्दै गाँउपालिकाले कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जानकारी गराएको छ । २८५९ औँं ह्योई ल्हो (विरालोवर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारीकार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images

    ल्होछार पर्व मनाउनको लागि आगामी माघ ८, ९ र १० गते गाउँपालिका अन्तर्गतसम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । सुचनामा गाउँपालिका मातहात रहेका पाँचपोखरी प्राथमिक अस्पतालका सबै,स्वास्थ्य चौकि,स्वास्थ्य ईकाईबाट प्रदान गरिदैं आएको अत्यावश्यक सेवा तथा प्रसुती सेवा निरन्तर प्रदान हुने र खाल्डे खोला सुचना केन्द्र खुल्ला रहि सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

    सुचनामा गाउँपालिका बासी सम्पुर्णमा ल्होछारको शुभकामना समेत ब्यक्त गरेको छ । ल्होछार १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक रसांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रो अनुसारमाघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।

    images