बुधबार, कार्तिक १९ गते २०८३
images
images

ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 165
    SHARES
  • ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।

    images

    गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयअनुसार माघ ८, ९ र १० गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराइले जानकारी दिएका छन्। सरकारले पनि सोनाम ल्होसारका दिन एकदिन सार्वजनिक बिदा दिँदै आएको छ।

    images