भदौ २२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ।
यो समाचार तयार पार्दाे सम्म नेपालले पीएनजीविरुद्ध पाँचौं विकेटको सफलता मिलेको छ । नेपालका लागि सन्दीपले पाँचौं सफता दिलाएका हुन् । पीएनजीले २० ओभरको समाप्तिमा ८७ रन बनाएको छ । यस अघि नेपालका लागि बिक्रम सोबले २, कुशल मल्लले एक र सन्दीप लामिछानेले एक विकेट लिएका हुन् ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल आगामी शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।।


