२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र
स्वास्थ्य लाभको कामना गर्नुभयो ।
साथै अमर सशस्त्र प्रहरीहरुको पवित्र आत्माको चिरशान्तिको लागि अति आवश्यक पञ्चतत्वको परिपूर्ती गर्न सशस्त्र प्रहरी बल नेपालको ईष्टदेवी
बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाईएको छ । संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै उहाँहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेशहरु पुरा गर्न पुर्याएको अथक प्रयासहरुको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सिमित श्रोतसाधनका बावजुद हिमालको कठ्यांग्रीदो जाडो देखि तराईको गर्मीसम्म आफ्नो ज्यानको प्रवाह नगरी विविध सुरक्षा चुनौतीहरुको
सामना गरी देशमा आईपर्ने प्राकृतिक एवं कृतिम विपत्ति, राज्यको सीमा सुरक्षा गर्न, शान्ति सु–व्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी
भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्याएएको योगदानको सह्राना गर्नुभयो ।
व्यावसायिकता, ईमान्दारिता र बफादारितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाई संगठनलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह
गर्नुपर्नेमा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो ‘राष्ट्रसेवा हाम्रो धर्म हो, यो एउटा अनुपम, अद्वित्तिय र गौरवपूर्ण पेशा हो ।’ प्रत्येक कमाण्डरले आफू स्वयम् नैतिकरुपमा चरित्रवान भई व्यावसायिकता र असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने विश्वास
व्यक्त गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवकहरुले यही कुरालाई हृदयङ्गम गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले संगठनको बिकास विस्तार एवं सकल दर्जाको सेवा, सुविधा एवं बृत्तिविकासको लागि सम्बन्धित निकायहरुसँग निरन्तर पहल गरिरहेको
बताउनुहुँदै संगठनका राष्ट्रसेवकहरुलाई श्रोतसाधनको सिमितताको निहुँमा आफ्नो कर्तव्यबाट बिमुख हुने छुट नरहेको उल्लेख गर्नुभयो । विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘वर्ष जवान–२०७९’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार दिर्घ नारायण पौडेललाई
‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो ।
.jpg)


