भदौ २२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी पीएनजीविरुद्धको पहिलो एकदिवसीय ओडिआई खेलमा जितको लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पीएनजी निधारित ५० ओभरको खेलमा नेपालको कसिलो बलिङ सामु ३३ ओभरमै १३४ रनमा अल आउट भएको हो ।
उसका लागि लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । यस्तै किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए । कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १र१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।
यता नेपालका लागि सन्दीपले ४ विकेट , डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २/२ विकेट लिए । भने सोमपाल कामीले एक विकेट लिएका थिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्न छ ।


