इन्द्रावती नमुना पोषण पाठशाला समुहले पोषण पाठशाल समापन दिवस मनाएको छ ।
इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपाल को प्रमुख आतिथ्य इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ को विशेष आतिथ्य र पोषण पाठशाला गैरीगाउ समुहका अध्यक्ष शान्तामाया गोलेको अध्यक्षता मा पोषण समापन दिवस मनाइएको हो । कार्यक्रम इन्द्रावती गाउँपालिका- ४ को गैरीगाउ मा भएको हो ।
पोषण कार्यक्रममा २०७७ मङ्सिर २७ गते देखि सुरु भएको थियो ।बालबालिका मा देखिएको कुपोषण हटाउन कार्यक्रम ले मद्दत पुर्याएको छ ।
पोषण कार्यक्रममा सुनौलो हजारदिने आमा,गर्भवती ,सुत्केरी गरि २८ जना महिलाहरु सहभागी भएका थिए ।

कार्यक्रम ले यसै वडा को २ जना बालबालिका मा भएको कुपोषण हुन बाट वन्चित गर्दै स्वास्थ्य भएका छन । पाठशाला मा सहभागी भएका २ जना महिला का बालबालिका अविगेल तामाङ र सुपृम नेपाली मा देखा परेको कुपोषण लाई हटाउदै पोषित बनाएको छ।यस कार्यक्रम ले स्थानीय स्तरमै उपलब्ध खानेकुरा लाई प्राथमिकता साथ स्वास्थ्य लाई स्वास्थ बनाउन उजागर गरेको छ ।
कार्यक्रममा नाटक लगायत साङ्गितिक प्रस्तुत गरेका थिए।बालबालिका को स्वास्थ्य मा सुधार स्वास्थ्य रहन कार्यक्रम ले धेरै सहयोग गरेको छ ।
.jpg)


