शुक्रबार, भाद्र २६ गते २०८३
images

ए डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 354
    SHARES
  • ए डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक

    भदौ २२ काठमाडौं । आगामी असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ।

    images

    ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन्। यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ।

    असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। जसमा बागमती प्रदेशबाट ४ सहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ। खेल २०र२० मिनेटको हुनेछ।

    images

    खेल राउन्ड रोबिन लिग ढाँचामा आयोजना हुनेछ। एक आपसको प्रतिस्पर्धापछि शीर्ष चारमा अटाएका टोलीले इलिमिनेटर क्वालिफायर खेल्नेछन्। शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौंथो स्थानका टोलीबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

    २१ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट पिभोट (मिडफिल्डर)रआला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।