शुक्रबार, भाद्र २६ गते २०८३
images

बाबुको हत्या गरेका तीन दिदीबहिनीले पाउने भए सफाइ 

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 312
    SHARES
  • बाबुको हत्या गरेका तीन दिदीबहिनीले पाउने भए सफाइ 

    एजेन्सी । रसियामा चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनबिदहरुले आशा गरेका छन् । हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ । 

    images

    ५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरुले चक्कु प्रहार गरी हत्या गरेका थिए । १९ बर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए । बारम्बार यौन दुव्र्यबहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए । अभियोगीमध्येकी कान्छी छोरी म्यारि सो हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छन् । आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन् ।

    अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरुले माग गरेका छन् । 

    images

    मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुव्र्यबहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ । ‘बाबुले छोरीहरुमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए । 

    तीनै जना युवतीहरु सन् २०१४ देखि दुव्र्यबहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन् । दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिजाउने, धम्की दिने र शारीरिक तथा यौन दुव्र्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।  उनीहरुका बाबु बाल दुराचारी भएको पोस्ट मार्टमको रिपोर्टमा पनि देखिएको थियो ।न्युज कारखाना