बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल प्रहरी अस्पताल समुद्घाटन कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 323
    SHARES
  • नेपाल प्रहरी अस्पताल समुद्घाटन कार्यक्रम सम्पन्न

    नेपाल प्रहरी अस्पताल, स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवनको विहान ८ बजे प्रमुख अतिथि संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यूबाट समुद\घाटन कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यूबाट निर्देशन सम्बोधन, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह ज्यूबाट धन्यवाद ज्ञापन, प्रा.प्र.ना.म.नि. डा. सञ्जय विक्रम श्रेष्ठ ज्यूबाट स्वागत तथा प्रा.प्र.उ. रामेश्वर अधिकारीबाट नेपाल प्रहरी अस्पताल, स्कूल अफ हेल्थ साइन्सेज प्रतिवेदन र प्रा.प्र.नि. ई. शम्भु प्रसाद कोइरीबाट जेष्ठ प्रहरी अतिथि गृह भवनको प्रतिवेदन प्रस्तुत भएको थियो भने सो अवसरमा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो ।

    images

    उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकज्यूहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरु, पूर्व प्रहरी संगठन तथा परिषदका अध्यक्ष ज्यूहरु, प्रहरी नायब महानिरीक्षक ज्यूहरु, पूर्वप्रहरी नायब महानिरीक्षक ज्यूहरु प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका अतिथिज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षक ज्यूहरु, नेपाल प्रहरी अस्पताल, स्कुल अफ हेल्थ साईन्सेजसँग आवद्ध हुनु भएका प्राध्यापक तथा  शिक्षकहरु, अस्पतालका सिनियर तथा जुनियर प्रहरी अधिकृत र जवानहरुका साथै प्रमाण-पत्र तह नर्सिङ कार्यक्रममा भर्ना भई अध्ययनको क्रममा रहनु भएका विधार्थीहरुको समेत सहभागिता रहेको थियो ।