बुधबार, कार्तिक १९ गते २०८३
images
images

आचार्यका छोरीको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने पुर्वमन्त्री बस्नेतको प्रतिबद्धता

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 350
    SHARES
  • आचार्यका छोरीको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने पुर्वमन्त्री बस्नेतको प्रतिबद्धता

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्वमन्त्री सिन्धुपाल्चोक क्षेत्र नं– २प्रतिनिधि सभा सदस्य, मोहनबहादुर बस्नेतले प्रेम आचार्यका टुहुरा छोरीहरुको पठनपाठन र उहाँको श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले आज सामाजिक सञ्जाल मार्फत स्व. प्रेम आचार्य प्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजन, आफन्तजन र उहाँको निधनप्रती शोकाकुल सम्पुर्णमा गहिरो समवेदना समेत व्यक्त गर्नु भएको कांग्रेस महाधिवेशन प्रतिनिधि युधिर पौडेलले बताउनुभयो ।

    images


    उहाँले सामाजिक सञ्जाल मार्फत लेख्नुभएको छ “नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्य जीले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटना संगै हामीलाई जनजिविकाका हरेक आयामहरुमा जिम्मेवार हुनको निमित्त सुसूचित गराउनु हो ।

    अहिले म आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का विभिन्न विद्यालय लगायतका विभिन्न स्थलहरुमा वार्षिकोत्सब र ल्होछार विशेष कार्यक्रममा व्यस्तताका कारण स्वर्गीय आचार्यजीका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन सकिरहेको छैन काठमाडौं आउना साथ उहाँहरुलाई भेट्ने नै छु तर अहिले यस विज्ञप्ति मार्फत प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसको एक सिपाहीको हैसियतले आचार्यजीको पारिवारिक परिदृष्य र देशको वर्तमान माननीय गृहमन्त्री रवि लामिछाने ज्युले पिडित परिवार र आफन्तहरु संगको भेटका क्रममा छोरीहरुको पठनपाठन सम्बन्धमा उहाँहरुका आग्रहलाई वेवास्था गर्नुभएको लाईभ भेटघाटको भिडियो सामाग्रीलाई मध्यनजर गर्दै उहाँका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्दछु ।

    images

    जहाँ पीडा हुन्छ, जहाँ दुःख पर्छ, जहाँ आपत्ती र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचान संगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो,भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दुःखको घडीमा सहयोगका खातिर टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु ।”