मेलम्ची कम्युनिटी सेकेन्डरी इ.स्कुल मेलम्चीमा सरस्वती पूजाको अवसरमा सरस्वती पूजा, अक्षरारम्भ, दीक्षान्त, अभिभावक नृत्य प्रतियोगिता, पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा र वडा नं ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको विशेष आतिथ्यतामा, वडा सदस्य प्रतिमा धिताल, संस्थापक सदस्यहरुको आतिथ्यतामा र अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको शिक्षक बेदलाल दुलालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा पूर्व प्राथमिक तहमा उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरी विभिन्न विधामा कक्षा पि .जी .देखि यू .के.जी .का विद्यार्थीहरूलाई अवार्ड प्रदान गर्नुका साथै प्रथम द्वितीय र तृतीय हुने पूर्व प्राथमिक तहका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावकहरूको नृत्य प्रतियोगिताले कार्यक्रम मनोरञ्जनात्मक र थप आकर्षक बनेको थियो। सो प्रतियोगितामा नेपाल नृत्य निर्देशन संघ भक्तपुर नृत्य संघका अध्यक्ष चूडामणि फ्युयालले मुल्यांकन गर्नु भएको थियो ।
नृत्यमा सहभागी सम्पूर्णलाई मायाको चिनो र प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुहुने प्रतियोगीहरुलाई क्रमश ः ५०००, ३०००, २०००, १०००, १००० नगद पुरस्कार समेत प्रदान गर्नुको साथै विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभापति दिनेश बस्नेतले प्रमूख अतिथि, विशेष अतिथि, र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । अभिभावक नृत्य हरेक बर्ष गरिने विद्यालयले जनाएको छ ।यस बर्ष १२ सहभागी थिए ।विद्यालय र अभिभावक बिचको सम्बन्ध प्रगाढ बनाउन प्रतियोगिताको आयोजना गरिएको प्रीन्सिपल दिनेश बस्नेतले जानकारी दिनुभयो ।
.jpg)


