बुधबार, कार्तिक १९ गते २०८३
images
images

न्यायाधीशको प्रश्नमा रविका वकिलले जवाफ दिन सकेनन्, के थियो प्रश्न ?

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 143
    SHARES
  • न्यायाधीशको प्रश्नमा रविका वकिलले जवाफ दिन सकेनन्, के थियो प्रश्न ?

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन सकेनन् । शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका वकिल आशिष अधिकारीले जवाफ दिन नसकेका हुन् ।

    images

    रविले अमेरिका र नेपाल गरी दुई देशको नागरिकता एकैपटक लिएको सन्दर्भलाई न्यायाधीशले उठाउँदा रविका वकिल अधिकारीले त्यसको जवाफ लिखितमा भएकोले यस विषयमा नजाउँ भनेर टारेका छन् । न्यायाधीश भट्टराईले ‘नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?’ भनेर सोधेका थिए ।

    जवाफमा रविका वकिल अधिकारीले भने, ‘म यस विषयमा थप जान चाहिनँ’,रविले दोहोरो नागरिकता लिएको तर प्रयोग नगरेको अधिकारीको तर्क थियो। सोही तर्कमाथि जिज्ञासा राख्दै न्यायाधीश भट्टराईले नागरिकता लिइसकेपछि प्रयोग गर्नु र नगर्नुले केही अर्थ राख्छ र? भनेर सोधेका हुन् ।

    images

    तर अधिकारीले उक्त जिज्ञासाको जवाफ दिन चाहेनन्। न्यायाधीशको प्रश्नमा रविका वकिलले चित्तबुझ्दो जवाफ नै नदिइ शुक्रबार बहस सकिएको छ। आजै फैसला आउन सक्ने संभावना छ।