बुधबार, कार्तिक १९ गते २०८३
images
images

लाठी प्रहार गरी छोराले गरे बुवाको हत्या

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 198
    SHARES
  • लाठी प्रहार गरी छोराले गरे बुवाको हत्या

    संखुवासभा । आफ्नै बुवाको हत्या गरेको अभियोगमाछोरा पक्राउ परेका छन् । आफ्नै बुवा भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images

    घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।