बुधबार, कार्तिक १९ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 166
    SHARES
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

    images