मेलम्ची । दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लि मेलम्ची ७ दुवाचौरको ११औं बार्षिक उत्सव तथा पाँचौ साधारणसभाबाट पुन अर्जुन गिरीको अध्यक्षता नौ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।

उपाध्यक्ष धर्मराज गिरी, सचिव हर्कराज गिरी, कोषाध्यक्ष सनलामा तामाङ सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको अध्यक्ष गिरिले जानकारी दिनुभयो । साधारणसभाका प्रमुख अतिथी वडा न ७ का अध्यक्ष पासाङ तामाङले सहकारी मार्फत धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले सहकारीले सदस्यको हितमा लाग्नु पर्ने बताउदै लगानिको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्य श्री कृष्ण श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभयो ।


.jpg)


