बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

एक्सप्रेस पाना
माघ १७, २०७९ मंगलबार
  • 180
    SHARES
  • आजको मौसम : पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

    देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको सो महाशाखाले जनाएको छ।

    उता रातको समयमा भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

    images

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको भनाइ छ।