एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता, सुपरस्टार फरवार्ड तथा नियमित कप्तान क्रिस्टियानो रोनाल्डोविना नै मैदान उत्रिएको पोर्चुगलले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौटको आफ्नो पाँचौ खेलमा सहज जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली अजरबैजानमाथि ३-० गोलको सहज जित निकालेको हो ।
पाहुना टोली पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा, आन्द्रेज सिल्भा र डिएगो जोटाले समान १र१ गोल गरे ।
पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता बनाएको पाहुना टोली पोर्चुगलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको २६औं मिनेटमा बर्नाल्डो सिल्भाले गोल गरि पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका हुन् ।
त्यस्तै खेलको ३१औं मिनेटमा आन्द्रेज सिल्भाले जोटाको पासमा गोल गरि पोर्चुगललाई पहिलो हाफ भरि २-० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ७५औं मिनेटमा जोटाले गोल गरि पोर्चुगललाई ३-० गोलको सहज जित दिलाए ।
उक्त जितसँगै ५ खेलबाट १३ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित अजरबैजानको भने समान खेलबाट १ अंकसहित पुछारमा रहेको छ ।
त्यस्तै यस खेलमा टोली नियमित कप्तान रोनाल्डो उपलब्ध भएका थिएनन् । विश्वकप छनौटको खेलमा गत बिहीबार उत्तरी आयरल्यान्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलम सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि जर्सी फुकाल्दै खुशीयाली मनाएपछि उनी एक खेलको प्रतिबन्धमा परेपछि उनलाई पोर्चुगलले फुकुवा गरेको थियो ।
उनी शुक्रबार इंग्ल्यान्ड पुगेका थिए । जसमा रोनाल्डोले ५ दिन आइसोलेसन पूरा गरि आजबाट युनाइटेडको प्रशिक्षणमा फर्किएका छन् । ३६ वर्षीय रोनाल्डोले आज मंगलबारदेखि युनाइटेडको प्रशिक्षण स्थल क्यारिङटन ट्रेनिङ ग्राउन्डमा प्रशिक्षण थालेका हुन् ।


