शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : फ्रान्सको सहज जित

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 492
    SHARES
  • विश्वकप छनौट : फ्रान्सको सहज जित

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने , फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौटको आफ्नो छैटौं खेलमा फ्रान्स विजयी भएको छ ।

    images

    मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पाहुना टोली फिनल्यान्डमा २-० गोलको सहज जित निकालेको हो । घरेलु टोलीको जितमा दुबै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन ।

    उनले पहिलो हाफको खेलको २५औं मिनेटमा गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ५३औं मिनेटमा पुनः गोल गरि फ्रान्सको जित पक्का गरे । 

    images

    उक्त जित सँगै समूह डीमा रहेको फ्रान्सले ६ खेलबाट १२ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । यता पराजित फिनल्यान्डको भने ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    अन्य खेलको नतिजा 
    -रसिया भर्सेस माल्टा (२-०)
    -नर्वे भर्सेस गिबल्टार (५-१)
    - फारोय आइल्यान्ड भर्सेस माल्डोभा (२-१)
    -मोन्टेनेग्रो भर्सेस लाटभिया (०-०)
    - स्लाभाकिया भर्सेस साइप्रस (२-०)
    - डेनमार्क भर्सेस इज्राइल (५-०)
    - क्रोएसिया भर्सेस स्लोभेनिया (३-०)
    - नेदरल्याण्ड भर्सेस टर्की (६-१)
    - अस्ट्रिया भर्सेस स्कटल्यान्ड (०-१)
    - बोस्निया भर्सेस काजखस्तान (२-२)
    - आयरल्यान्ड भर्सेस सर्बिया (१-१)