काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा युवा संघ नेपाल सल्लाहकार परिषदका सभापति हस्त शाहीले देशमा ओली कपको चर्चा भैरहनु निकै हास्यास्पद रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले यस्तो टिप्पणि गरेका हुन् । अन्य कम्युनिष्ट समाजका युवाहरु देशको आर्थिक उत्पादन क्षेत्रको उन्नति र प्रगति र विभिन्न प्रविधिको विकासमा लागिरहेको अवस्थामा नेपाली समाज भने ब्यक्तिको भक्तिवादमा केन्द्रित भएको उनले आरोप लगाए ।
उनले कटाक्ष गर्दै लेखेका छन् “देशमा आत्महत्या जस्तो समस्याहरु आउदा समेत कुनै पाटीको जनसंगठनहरु चिन्तीत देखिदैनन्, देशमा सस्तो लोकप्रियता लागि व्यक्तिवादको भक्तीभावमा भक्तजनहरु दुनियाँको ध्यान फगतरुपमा मोड्न भने फण्डा फालिरहेका छन् ।”
एमाले र ओलीको कडा आलोचकको छवि बनाएका नेता शाहीले ओली कपको आयोजना हुन लागेपछि यस्तो बनाई सार्बजनिक गरेका हुन् ।
उनको स्टाटस यस्तो रहेको छ
हाम्रो देशमा दिन दिनै आत्म हत्याका घटनाहरु भईरहेका छन। यो अवस्था मानव जीवन कसरी आयो समान्य पनि चिन्ता कुनै पार्टी र तिनका जनसंगठनहरुमा देखिदैन, दुनियाँका कम्युनिस्टहरु समाजको प्रगतिशिल आर्थिक उत्पादन देशको उन्नति प्रगति र विभिन्न प्रविधिको विकासमा अध्यन अनुसन्धान गरिरहेका छन् ।
देश विकासमा समयको अभाव त्यति नै महसुस त्यति नै गरिरहेका छन् । हाम्रा देशमा सस्तो लोकप्रियता लागि व्यक्तिवादको भक्तीभावमा भक्तजनहरु दुनियाँको ध्यान फगतरुमा मोड्न फण्डा फालिरहेका छन् । आमरुपमा अस्वीकार्य बुर्जुवा दक्षिण पन्थी चिन्तन बोकेका व्यक्तिको नामबाट हुने यस्ता प्रतियोगिता हामीले ०६२ र ०६३ जन क्रान्तिबाट अन्त्य गरिसकेका थियौ । अहिले फेरि केपी ओली कपको चर्चा आफैमा हास्यास्पद छ ।

.jpg)


