मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका -९ ज्यामिरेको वडा कार्यालय भवनको नगर प्रमुख आइतमान तामाङले आज शिलान्यास गर्नु भएको छ । भवनको शिलान्यास गर्नु हुँदै नगरप्रमुख तामाङले वडा कार्यालयको भवन निर्माण पछि जनतालाई सेवा दिन थप सहज हुने बताउनु भयो ।

सङ्घ र नगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा ३ करोड ४० लाख लागतमा ठेक्का आह्वान गरेको सो भवन निर्माण गर्न २ करोड ४५ लाखमा जुगल हिमशिखर केदार निर्माण सेवा जेबीले जिम्मा पाएको छ । ९ कोठा, एक सभाहल, शौचालय तथा पर्खाल सहितको सुभिधा सम्पन्न भवनको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न हुने निर्माणका कम्पनीका संचालक अमर दोङ तामाङले जानकारी दिनु भयो ।

यसअघि भवनको अभावमा अस्थायी टहराबाट वडा कार्यालय सेवा सञ्चालन गरि रहेको थिए । वडा अध्यक्ष किरण दिप खड्काको अध्यक्षतामा भएको यस शिलान्यास कार्यक्रममा यस वडाका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका नेता, शिक्षक बुद्धिजीवीहरु लगायतको विशेष उपस्थिती रहेको थियो ।
.jpg)


