बागलुङ । जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए ।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको थापाले बताए ।
जिसीको धौलागिरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सूचना अधिकारी थापाको भनाइ छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
.jpg)


