बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : तराईमा हुस्सु, देशभर छैन वर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 156
    SHARES
  • आजको मौसम : तराईमा हुस्सु, देशभर छैन वर्षा र हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ तर देशभर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

    images

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

    भोलि शुक्रबार देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

    images

    शनिबार पनि प्रदेश नं. १ र  गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा   पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले सचेत गराएको छ।