बुधबार, कार्तिक १९ गते २०८३
images
images

पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 166
    SHARES
  • पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

    काठमाडौँ । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ । 

    images

    ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति निधन भएको हो । चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर समेत थिए । 

    उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो । राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारले जनाएको छ ।  उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए।  चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन् ।

    images