शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : डेनमार्क र नेदरल्यान्डको फराकिलो जित

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 312
    SHARES
  • विश्वकप छनौट : डेनमार्क र नेदरल्यान्डको फराकिलो जित

    एजिन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौटको आ-आफ्नो खेलमा डेनमार्क र नेदरल्यान्डले सानदार जित निकालेको छ । 

    images

    मंगलबार राति भएको समूह एफको खेलमा घरेलु टोली डेनमार्कले पाहुना टोली इज्राइलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो । घरेलु टोली डेनमार्कको जितमा युसुफ पौल्सेन, साइमन केजर ,एन्डरीस स्कोभ, थोमस डेलानी र एन्डरीस कर्नेलियसले समान एक-एक गोल गरे । पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको घरेलु टोली डेनमार्कले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । 

    उक्त जित सँगै डेनमार्कले लगातार छैटौं जित निकालेको छ । उसको ६ खेलबाट १८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । यता पराजित इज्राइलको भने समान खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    images

    त्यस्तै गत रातिको अर्को खेलमा घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा डच टोलीले १० खेलाडीमा समेटिएको टर्कीमाथि ६-१ को फराकिलो जित निकालेको हो । नेदरल्यान्डको जितमा मेम्फिस डिपाएको ह्याट्रिक गोल डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एक गोल गर्दा सेन्गुइज अन्डरले एक गोल फर्काए ।

    Depay-2-1024x576.jpg

    उक्त जित सँगै समूह जीको नेदरल्यान्डले ६ खेलबाट १३ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । यता पराजित टर्कीको भने समान खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रहेको छ ।