बुधबार, कार्तिक १९ गते २०८३
images
images

सांसद चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्तिले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 212
    SHARES
  • सांसद चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्तिले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

    संघीय सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठक नागरिक उन्मुक्तिले विरोध जनाएपछि केही समयका लागि स्थगित गरिएको छ ।

    images

    बैठक सुरु हुनासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्ना सांसद पक्राउको विरोधमा आ-आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

    त्यसपछि प्रदेशसभाका सभामुख वसन्त घर्तीले बैठक स्थगित गरेका हुन् । शुक्रबार मात्रै प्रहरीले सांसद चौधरीलाई कारागार चलान गरेको थियो ।

    images