बुधबार, कार्तिक १९ गते २०८३
images
images

भीरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार 

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 186
    SHARES
  • भीरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार 

    काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका –५ स्थित बडागाँउ भीरमा अड्कीएका एक व्यक्तिको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको जनाइएको छ । 

    images

    सोही जिल्लाको कुश्मा नगरपालिका –७ दुर्लुङचोक बस्ने ५३ बर्षिय गौतम गिरी हिड्ने क्रममा सो भीरमा हिजो बिहिबार खसेका थिए । यसबारे स्थानीयले सशस्त्र प्रहरी बल, नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि सो  गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधिबाट करिब १५ मिटर तलबाट सशुकल उद्धार गरेको हो ।

    उद्धारपछि उनलाई उपचारको लागी जिल्ला अस्पताल पर्वत पठाइएको र उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ ।

    images