बुधबार, कार्तिक १९ गते २०८३
images
images

एक महिने स्वस्थानी व्रत आज समापन

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 179
    SHARES
  • एक महिने स्वस्थानी व्रत आज समापन

    काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् ।

    images

    स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।

    images

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ ।