बुधबार, कार्तिक १९ गते २०८३
images
images

सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 180
    SHARES
  • सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना

    पक्राउ सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस  हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ । सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट
    उनिहरुलाइ नियन्त्रणमा लिइएको हो ।

    images

    नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित  लाहान नगरपालिका वडा नम्बर  १९ स्थायि घर भएका वर्ष ३० का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय माेहम्मद राज शेख  रहेका छन् । विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ ।

    उनिहरुलाइ बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।

    images