नेपाल टेलिकमले वर्षभरिमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ ।
टेलिकमको १९औ वार्षिकोत्सवमा नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्मानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ ।
यस्तै नेपाल टेलिकमको ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब आइएमई बैंकलाईसमेत सम्मान गरेको छ ।
यस्तै एफटीटीएचतर्फ सिटिजन्स इन्स्योरेन्स, सीपी पीबीएक्सतर्फ वर्ल्ड लिंक कम्युनिकेशन सबैभन्दा धेरै प्रयोग गर्ने ग्राहक भएको टेलिकमले जनाएको छ। उनीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।
यस्तै टेलिकमको सीयूजी सेवा सरकारीतर्फ नेपाल प्रहरी नक्साल,काठमाडौं र सीयूजी निजीतर्फ सुमो कन्स्ट्रक्शन इन्जिनिरिङ प्रालि सबैभन्दा धेरै सेवा प्रयोग गर्ने ग्राहक बनेको छ ।
यस्तै लिजलाइन सेवा सरकारीतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटीसी) तथा निजितर्फ सानिमा विकास बैंकलाई टेलिकमले सम्मान गरेको छ ।
यस्तै भ्यालु एडेड सर्भिसेजतर्फ जेनेक्स प्रालि र नन सब्सक्रिप्शनतर्फ एफ वान सफ्ट इन्टरनेशनल प्रालि सम्मानि भएका छन् ।
.jpg)


