बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 217
    SHARES
  • आजको मौसम : उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो ।

    images

    आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ ।

    images

    प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।