शुक्रबार, भाद्र २६ गते २०८३
images

गायिका तृप्ती खड्का र प्रमोद खरेलको आवाजमा ‘तिमी राधा हुनु मेरी’

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 372
    SHARES
  • गायिका तृप्ती खड्का र प्रमोद खरेलको आवाजमा ‘तिमी राधा हुनु मेरी’

    काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेल र गायिका तृप्ती खड्का (गुरुङ)को युगल आवाजमा ‘तिमी राधा हुनु मेरी’ बोलको आधुनिक गीत बजारमा आएको छ ।

    images

    दुई दिनअघि युट्युबमार्फत सार्वजनिक उक्त गीतमा हरि उप्रेतीले शब्द रचना गर्नु भएको छ भने गोविन्द मधुर आचार्यले सङ्गीत भर्नुभएको छ । माया प्रेमका भावना गीतको शब्दमा प्रस्तुत गरिएको छ ।

     त्यस्तै, उक्त गीतको भिडियोमा विजय गुरुङको निर्देशन रहेको छ भने केशव अधिकारीले छायाङ्कन गर्नुभएको हो  । उक्त भिडियोमा निर्देशक विजय गुरुङ आफैँ र सम्प्रिया खड्काले अभिनय गर्नुभएको छ ।

    images

    मिलन विश्वकर्माकाे सम्पादन रहेको गीतको भिडियो हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । माया प्रेमको भावनालाई भगवानको सम्झनामा मौलिकपनको उक्त गीत बजारमा ल्याएको गायिका तृप्तिले बताउनु भएको हो ।