बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाली वृत्तचित्र डढेलोले पायो अन्तर्राष्ट्रिय अवार्ड

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 695
    SHARES
  • नेपाली वृत्तचित्र डढेलोले पायो अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । विगत २० वर्ष देखि अनबरत रुपमा नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा नेपाली वृत्तचित्र डढेलो उत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ । जसमा विभिन्न देशका १०० भन्दा बढि वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए । 

    images

    No description available.

    श्यामसन फिल्म प्रोडक्सनको ब्यनरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमा गरि ३० वटा भन्दा बढि फिल्म फेस्टीबलमा सहभागिता जनाएको छ । उक्त वृत्तचित्रले काठमाडौँमा भएको पवर्ततिय चलचित्र महोत्सव (KIMFF) वृत्रचित्रमा जलवायु परिर्तन सम्बन्धी विधामा दोस्रो हुन सफल भएको थियो ।

    images

    shayam karki.jpg

    त्यसैगरी अस्ट्रेलियाको (Dare to struggle) सट फिल्म फेस्टीबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । त्यस्तै गरी नेपाल अमेरिका फिल्म फेस्टीबलमा पनि उक्त वृत्रचित्र (Specially mention Award) पाउन सफल भएको थियो । 

    No description available.

    यो वृत्तचित्र सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर परेको छ, जल वायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण यस वृत्तचित्रमा देख्न सकिन्छ । उक्त वृत्तचित्र निर्देशक श्याम कार्की विगत लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र बनाउने कार्यमा अनवरत रुपमा लागि लागि रहनु भएको छ । 

    त्यसैगरि उहाँले पूराना भिडियो टेपहरुलाई डिजिटल फर्म्याटमा परिवर्तन गर्ने कार्य पनि गर्नुहुन्छ ।