शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 710
    SHARES
  • नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन

    भदौ २३ काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । 

    images

    नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो । 

    दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजेका लागि सारिएको छ। यसअघि एन्फाले दुबै खेल साँझ ५ः ३० मा हुने जनाएको थियो । 

    images

    नेपाल र बंगलादेशबीचको दुबै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदैछ । जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ । यस्तै एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय रहेको छ