शुक्रबार, भाद्र २६ गते २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 233
    SHARES
  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति


    सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधरूहरूलाई ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०।४४९ प्रतिशत नगद गरी कुल ८.९८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

    images

    प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी १८औं साधारण सभाले पारित गरेपछि सेयरधरूहरूले पाउँनेछन्। हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार ६६२ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

    images

  • सम्बन्धित विषय:

  • # बैंक