मेलम्ची ब्याडमिन्टन एकेडेमीको प्रथम साधारण सभा तथा वनभोज कार्यक्रम मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । साधारण सभाले कुमार सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको निर्वाचन मण्डलका संयोजक रोशन तिवारीले जानकारी दिनुभयो ।
समितिमा दिपराज तामाङ उपाध्यक्ष,ऋषिराम नेपाल सचिव, श्याममणी गौतम सहसचिव, दिपेन्द्र दुलाल कोषाध्यक्ष र सहकोषाध्यक्षमा राजु सापकोटा सर्वसम्बत चयन हुनुभएको तिवारीले जानकारी दिनुभयो । सदस्यहरुमा क्रान्ती तामाङ, सन्तोष कोइराला र किसन दुलाल रहनुभएको छ । त्यस्तै साधारण सभाबाट लेखा समिति संयोजकमा सिताराम दुलाल सदस्यहरुमा सुरेन श्रेष्ठ र सुर्दशन दुलाल चयन हुनुभएको छ ।
त्यस्तै सल्लाहकार परिषद्मा सिपि दुलालको संयोजकत्वमा महेन्द्र सापकोटा, नारायणलाल श्रेष्ठ, राजनमान श्रेष्ठ,तारा बानियाँ, भिमशेन डंगोल, महाविर श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र श्याम खड्का चयन गरिएको तिवारीले जानकारी दिनुभयो । त्यस्तै एकेडेमिको संरक्षणमा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नम्बर ११का वडा अध्यक्ष रहनु भएको छ ।
.jpg)


