बुधबार, कार्तिक १९ गते २०८३
images
images

आबुँखैरेनी गाउँपालिकामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 164
    SHARES
  • आबुँखैरेनी गाउँपालिकामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले  ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो । 

    images

    ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र  उपचारका क्रममा उनको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिए । उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

     

    images