बुधबार, कार्तिक १९ गते २०८३
images
images

कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज भित्रियो

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 153
    SHARES
  • कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज भित्रियो

    काठमाडौँ । कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ । सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो ।

    images

    कोभ्याक्स सुविधाअन्तरगर्त प्राप्त गर्ने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेप ३ लाख ४५ हजार ६०० डोज खोप आएको आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका खोप सुपरभाइजर ओम उपाध्यायले बताए । यसपछि बाँकी खोप ४, ८, ११ र १५ फागुनमा आउने बताइएको छ ।

    सरकारले कोभिडविरुद्धको बुस्टर डोज लगाउन आह्वान गरे पनि मौज्दात खोप नहुँदा रोकिएको थियो । नयाँ खोप आएपछि बुस्टर डोज लगाउनका लागि बाटो खुलेको छ । यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४औं बैठकले स्वीकृत गरेको थियो ।

    images