बुधबार, कार्तिक १९ गते २०८३
images
images

७ महिनामा १० हजारले लिए राहदानी

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 168
    SHARES
  • ७ महिनामा १० हजारले लिए राहदानी

    नवलपरासी I नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट  चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । 

    images

    जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्याङ्क सार्वजनिक गरेको छ  । 

    वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ  । 

    images

    विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ ।