शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएलको खेल तालिका सार्वजनिक 

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 441
    SHARES
  • इपिएलको खेल तालिका सार्वजनिक 

    भदौ २३ काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग(इपिएल) चौथो संस्करणको टी२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

    images

    आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ ।

    विभिन्न सहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् ।

    images

    त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले  ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।241624118_363386945459886_4535277548500301677_n.jpg