बुधबार, कार्तिक १९ गते २०८३
images
images

मुस्ताङको थासाङमा बस दुर्घटना, १६ जना घाइते

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 155
    SHARES
  • मुस्ताङको थासाङमा बस दुर्घटना, १६ जना घाइते

    काठमाडौँ । मुस्ताङमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुधबार बिहान पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको हो ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा दुर्घटनाग्रस्त भएको हो ।

    कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-जोमसोम सडकखण्डमा दुर्घटना भएको हो । बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार तामाङले बसमा १७ जना रहेको बताए । घाइतेहरूलाई उपचारका लागि नजिकै रहेको लेते अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।