बुधबार, कार्तिक १९ गते २०८३
images
images

मरिण गाउँपालिकाकाद्धारा सहकारीहरुको अनुगमन

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 212
    SHARES
  • मरिण गाउँपालिकाकाद्धारा सहकारीहरुको अनुगमन

    काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाकाद्धारा सहकारीहरुको अनुगमन गरि झोलामै सिमीत रहेका सहकारी खारेज गरिने भएको छ ।

    images

    मरिण गाउँपालिकाले सहकारीहरुको आज अनुगमन गरेको हो । आज अनुगमनका क्रममा सहकारीहरु नियम अनुसार नचलेको पाइएको, आर्थिक पारदर्शिता नभएको पाइएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जनाएका छन् ।यस्तै गाउँपालिकमा २९ वटा सहकारी रहेका छन् ।

    जस्मा सन्चालन भएका सहकारी पनि सेवा मुलक नभएको पाइएकाले सहकारीहरुलाई समयसिमा तोकेरै नियम अनुसार सन्चालन हुनुपर्ने, आर्थिक पारदर्शिता हुनुपर्ने पालिकाको निर्देशन अनुसार सन्चालन नभएका सहकारी बन्द गरिने अध्यक्ष मोक्तानको भनाई छ । 

    images

    सहकारी सन्चालकलाई मरिण गाउँपालिकाले नै तालिम प्रदान गरेर गुणस्तरीय तथा सेवा मुलक सहकारी सन्चालन गरिने अध्यक्ष मोक्तानले बताउनुभयो । दर्ता गरेर झोलामा मात्रै सिमित रहेका सहकारीहरु अब भटाभट खारेज गरिने अध्यक्ष मोक्तानको भनाई छ ।