काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकाे घरमा सिलिन्डर विस्फाेट भएकाे छ । बुद्धनगरस्थित निवासमा सिलिन्डर विस्फाेट हँदा भण्डारीसहित उनकी आमा पनि घाइते हुनुभएकाे छ । घाइते दुवैकाे किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेकाे छ ।
अस्पतालका बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका चिकित्सक डा किरण नकर्मीले सांसद भण्डारी र उनकी आमाको उपचार भइरहेको बताए । उनले दुबै जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।
‘हामीले २० प्रतिशत देखि माथि जलन भएकाहरुलाई गम्भीर मान्दछौँ । सांसद भण्डारीको २५ देखि ३० प्रतिशत जलन भएको अवस्था छ । उहाँको आमाको अझ बढी अर्थात ७० प्रतिशत बढी जलन भएको अवस्था छ । हामीले थप इभ्यालुसन पनि गर्दैछौँ,’ डा नकर्मीले भने ।
उनले सांसद भण्डारीको अनुहार हात र खुट्टामा बढी जलन भएको बताए ।
.jpg)


