बुधबार, कार्तिक १९ गते २०८३
images
images

ग्यास सिलिन्डर विस्फोटबाट घाइते हरिकला भण्डारीको निधन

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 181
    SHARES
  • ग्यास सिलिन्डर विस्फोटबाट घाइते हरिकला भण्डारीको निधन

    काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताइन् । 

    images

    बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा-छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।