शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : इंग्ल्यान्ड र पोल्यान्डले खेले १-१ गोलको बराबरी

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 322
    SHARES
  • विश्वकप छनौट : इंग्ल्यान्ड र पोल्यान्डले खेले १-१ गोलको बराबरी

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट खेलमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इंग्ल्यान्ड पोल्यान्डसँग १-१ बराबरीमा रोकिएको हो ।

    images

    बल पोसेसनमा घरेलु टोलीलाई दवावमा राखे पनि इन्ज्युरी समयमा इंग्ल्यान्ड सम्हालिन सकेन । इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई हारबाट जोगाएका थिए ।

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलको ७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १-० को अग्रता दिलाएका थिए । उनले केल वाल्करको पासमा गोल गरेका थिए ।

    images

    तर खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा डामिएन सिमान्स्कीले गोल गरेपछि पोल्यान्ड हारबाट जोगिदै खेल बराबरीमा टुंगियो ।

    उक्त बराबरीपछि पनि इंग्ल्यान्ड ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । यता समान खेलबाट पोल्यान्ड ११ अंक जोडेर तेस्रो स्थानमा छ भने दोस्रो स्थानमा अल्बानीया रहेको छ । उसको १२ अंक छ ।