सनराइज सिन्धु मिडिया प्रा.लि.को आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखी मेलम्चीमा तीन दिने उद्घोषण तथा भाषण कला तालिमको सुरुवात भएको छ । तालिमको उद्घाटन गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिद्यार्थी र शिक्षकहरुको क्षमता अभिबृद्धिका गरिएको प्रयास सार्थक रहने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “नगरपालिका भित्रका बिद्यालयका बालबालिकाहरुको बोल्ने बानिको बिकासले भबिष्यमा मेलम्चीको शिर उँचो राख्नेछ” । सोही क्रममा उहाँले आगामि दिनमा पनि बिद्यालय र बिद्यार्थीको क्षमता बिकासको लागि निरन्तर प्रयास गरिने बताउनु भयो ।
आयोजक सनराइज सिन्धु मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सागर खड्काले मेलम्ची नगरपालिकाले गरेको लगानीले बिद्यार्थी र शिक्षकको क्षमता बिकास संगै बिद्यालयको अतिरिक्त क्रियाकलापहरु सरल र सहज रुपमा आफैँ संचालन गर्न सक्ने आत्मबलको बृद्धि गर्न मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका अन्र्तगतका अगुवा माध्यामिक बाहेकका बिद्यालयहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती, सरोज ढुङगाना, प्रमोद न्यौपाने लगायत ले गर्नुभएको छ । तालिम फागुन ७ सम्म संचालन हुने आयोजकले बताएको छ ।
.jpg)


