गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए ।
शनिबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर घाइते वृद्धाको गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।
.jpg)

