बुधबार, कार्तिक १९ गते २०८३
images
images

उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम मेलम्चीमा सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 231
    SHARES
  • उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम मेलम्चीमा सम्पन्न

    सनराइज सिन्धु मिडिया प्रा.लि.को आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखी मेलम्चीमा संचालित उद्घोषण तथा भाषण कला सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ । 

    images

    प्रशिक्षार्थीले नै संचालन गरेको तालिमको समापन कार्यक्रममा मुख्य प्रशिक्षक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती तथा सरोज ढुङगानाले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक भारतीले प्रष्ट बोल्ने कलाको बिकासले मानिसलाई निडर र आत्मबिश्वासि बनाउने हुदाँ यस्ता तालिमहरुको आयोजना महत्वपुर्ण रहेको समेत बताउनुभयो । तालिममा सहभागिहरुलाई औपचारीक, अनौपचारीक कार्यक्रम संचालन गर्ने तरीका, बोल्ने कला, शैली लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित रहेर प्रशिक्षित गरिएको अर्का प्रशिक्षक सरोज ढुङगानाले जानकारी दिनुभयो । 

    तीन दिन सम्म संचालन भएको तालिमबाट प्राप्त ज्ञानलाई बिद्यालय तथा समाजमा फैलाउन र व्यवहारीक प्रयोगमा ल्याउन उच्चतम अभ्यास गरिने सहभागि शिक्षक आसमान तामाङले बताउनुभयो । आयोजक सनराइज सिन्धु मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सागर खड्काले शिक्षक तथा बिद्यार्थीहरुले प्राप्त गरेको तालिमले बिद्यालय स्तरमा आयोजना हुने मात्र नभई अन्य क्षेत्र संग सम्बन्धित कार्यक्रमहरु पनि प्रभावकारी हुने गरी संचालन  गर्न क्षमता बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । 

    images

    मेलम्ची नगरपालिका भित्रका बिभिन्न सात वटा बिद्यालयहरुको सहभागिता रहेको तालिमको सहजिकरण रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती, सरोज ढुङगाना तथा हिमालय टेलिभिजनका समाचार प्रमुख प्रमोद न्यौपानेले गर्नुभएको थियो ।